प्रधानमन्त्री विश्वासको मत नलिने प्रक्रियामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री विश्वासको मत नलिने प्रक्रियामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने बताउँदै धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले ‘अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार (विपक्षी दललाई) नै सरकार बनाऊ भनेर राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको ती नेताले बताए ।

ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबै भन्दा ठूलो संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका हुन् । सो ब्यवस्थानुसार बर्तमान प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);