सरकारले उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलतः काँग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सरकारले उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलतः काँग्रेस

फागुन २९सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको नेपाली कांग्रेसले दोहो¥याएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता एवं निःवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले गठबन्धन तोड्नुमा आफूलाई दोषारोपण गरेको भन्दै असन्तुष्टि जनाउदै
प्रधानमन्त्री प्रचण्डको दाबीको खण्डन गर्नुभयो ।

आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उहाँले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको उहाँको दाबी छ ।

आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर जगताका साथ काम गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता राखेको उल्लेख गर्नुभयो ।

सालाखाला भन्दा उपलब्धि नहुने देखेपछि गठबन्धन फेर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति इंग्गित गर्दै मितव्ययी हुँदा, सुशासन सुनिश्चित गर्दा, दुरुपयोग नगर्दा उपलब्धि नहुने हो ? भनेर प्रश्न गर्नूभयो ।

चिनियाँ ऋण मात्र होइन, अनुदान लिन नमानेको आरोप छ नि भन्ने पत्रकारको प्रश्नमा डा महतले म चाहिँ अर्थमन्त्री नभएर प्रधानमन्त्री थिएँ कि भनेको जस्तो भएको जवाफ दिनु भयो । कम शर्त राखिएको सहुलियत पूर्ण ऋण वा अनुदान भयो भने मात्र स्वीकार गर्नुपर्छ भन्ने मान्यता राखेको डा महतको भनाइ थियो ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);