भारत सरकारद्धारा विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ सिएए लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारत सरकारद्धारा विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ सिएए लागू

फागुन २९ भारत सरकारले विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ सिएए लागू गरेको छ ।

चार वर्ष पहिले देशको संसदले पारित गरेको विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ सिएए निर्वाचनमा मुखमा लागू गरिएको हो ।

आन्तरिक सुरक्षा मन्त्रालयले यस सम्बन्धमा आधिकारिक सूचना जारी गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतीय निर्वाचन आयोगले अप्रिल–मेमा हुने आम चुनावको मिति घोषणा गर्ने तयारी गरिरहदाँ नागरिकता (संशोधन) ऐन, २०१९ सिएए लागू भएको सुचना सार्वजनिक भएको हो ।

डिसेम्बर २०१९ मा पारित भएको सिएएले मुख्यतया धार्मिक कारणले गर्दा डिसेम्बर ३१, २०१४ अघि देशमा प्रवेश गरेका हिन्दु, सिख, जैन, बौद्ध, पारसी र ईसाई गरी छवटा समुदायका आप्रवासीहरूलाई नागरिकता प्रदान गर्ने लक्ष्य राखेको छ ।

सिएए अन्तर्गत नागरिकता प्राप्त गर्न चाहनेहरूले वेब पोर्टलमार्फत अनलाइन आवेदन गर्नुपर्नेछ ।

डिसेम्बर २०१९ मा सिएए पारित भएपछि देशका धेरै भागहरूमा बसोवास गर्ने मुस्लिम समुदायका मानिसहरूले मुख्यतया दिल्लीमा व्यापक विरोध प्रदर्शन गरेका थिए ।

यसले केही स्थानहरूमा हिंसा पनि भएको थियो । जसमा केही प्रदर्शनकारीहरूको मृत्यु भएको थियो ।००००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);