नेर्पा भुलभुले प्रथम च्यालेन्ज कपको उपाधी भोजपुरको खावाको पोल्टामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेर्पा भुलभुले प्रथम च्यालेन्ज कपको उपाधी भोजपुरको खावाको पोल्टामा

खोटाङ, २४ पुष । खोटाङमा सम्पन्न नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको उपाधी भोजपुरको खावाले कव्जा गरेको छ । ६ दिनदेखि जारी अन्तर वडास्तरका सवैभन्दा ठूलो पुरस्कार राशी भएको प्रतियोगिता अन्तर्गत शुक्रवार भएको फाईनल खेलमा साकेला गाउँपालिका–२ रतन्छालाई १–० गोल अन्तरले पराजित गर्दै टेम्के मयुम गाउँपालिका–५ खावाले उपाधी कब्जा गरेको हो ।

नेर्पा स्पोर्टस क्लवको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित खेलमैदानमा विहिवार सञ्चालित खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाई ५–१ गोल अन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको हो । यस्तै, निर्धारित समयमा बरावरी २–२ गोलको स्कोर निस्केपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ट्राईव्रेकरमा हराउँदै खावाले फाईनलको पक्का गरेको थियो ।

२३ वडा सहभागी सेभेन ए साईड प्रथम च्यालेनज कपमा बाक्सिला र सोल्माले सेमी फाईनालिष्टमै चित्त बुझाउनु परेको छ ।

प्रतियोगिताका प्रथम टिमले नगद १ लाख १ हजार १ सय ११ र दोश्रो टिमले ५५ हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सेमि फाइनलिस्ट दुई टिमले जनही २० हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको प्रतियोगिताका संयोजक बिरेन गुरुङले जनाउनुभयो ।

च्यालेन्ज कपको विधागत पुरस्कारतर्फ भोजपुरका खेलाडीहरु उत्कृष्ट गोल रक्षक अरुण राई, उत्कृष्ट डिफेन्डर कल्याण राई र उत्कृष्ट मिड फिल्डर सप्तराज राई घोसित हुनुभएको छ । यता, रतन्छाका उत्कृष्ट फरवार्ड प्रशान्त राई, सर्वोत्कृट खेलाडी बिनोज राई र उत्कृष्ट प्रशिक्षक राजन राई बनेका छन् । हाइस्कोरको पुरस्कार भने वाक्सिलाका सोनित राईले प्राप्त गर्नुभएको छ ।

उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको संयोजक गुरुङले बताउनुभयो । हाईस्कोरर पुरुस्कार ३ हजार १ सय तथा सर्वोत्कृष्ट खेलाडीको लागि नगद ४ हजार १ सयका साथमा ट्रफी र प्रमाणपत्र प्रदान आयोजक नेर्पा स्पोर्टस क्लवले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);