विद्युत प्राधिकरणका मिटर रिडर मृत फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

विद्युत प्राधिकरणका मिटर रिडर मृत फेला

death body

खोटाङ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका मिटर रिडर मनोरथ बास्तोला मृत फेला परेका छन् ।

मिटर रिडिङका लागि रावाबेंसी गाउँपालिका–३ लामीडाँडाको तिर्पा पुगेका मिटर रिडर बास्तोला बास बसेकै ठाउँमा मृत फेला परेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ललितनारायण चौधरीले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा निवासी बास्तोला विगत ५/६ वर्षदेखि विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रमा मिटर रिडरका रुपमा काम गर्दैआएका थिए । सोमबार विहान अबेरसम्म नउठेपछि उठाउन जाँदा बास्तोला मृत फेला परेको प्रहरीले जनाएको छ । 

मिटर रिडर बास्तोला स्थानीय राजकुमार खत्रीको घरमा बास बसेका थिए । उनको मृत्युको कारण खुलेको छैन । उनको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ । रिपोर्ट आउन बाँकी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);