बिजुलीको पैसा बढाएको भन्दै ओडिशामा मिटर रिडरको हत्या | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

बिजुलीको पैसा बढाएको भन्दै ओडिशामा मिटर रिडरको हत्या

काठमाडौं,२३ साउन । सोमबार ओडिशाको गञ्जम जिल्लामा एक व्यक्तिले (बिजुली)को मिटर रिडरको हत्या गरेका छन् । गोविन्द सेठी बिजुलीको महसुल बढेपछि आक्रोशित भएर रिडरको हत्यामा उत्रिए । उनलाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृतकको नाम लक्ष्मीनारायण त्रिपाठी हो । उनी त्ए सदर्न ओडिशा डिस्ट्रिब्युसन लिमिटेड (त्एक्इम्ी) का कर्मचारी थिए। मृतक मिटर रिडर बिजुलीको बिल बाँड्न गाउँ पुुगेका थिए । मिटर रिडरले अभियुक्तलाई बिल दिए । आरोपितले बिजुलीको बिल बढाएको आरोप लगाए । बढेको बिललाई लिएर दुवैबीच झगडा भएको थियो, त्यसपछि अभियुक्तले आक्रोशित भएर मिटर रिडरमाथि धारिलो हतियार प्रहार गरेका थिए । मिटर रिडरलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

झगडाको आवाज सुनेर छिमेकी आए । औँला काटेको छिमेकी रिङ्कु नायक झगडाको आवाज सुनेर पुगे । उद्धार गर्ने क्रममा अभियुक्तको आक्रमणबाट रिंकुको औंला काटिएको थियो । यसपछि अभियुक्तले पनि आफ्नै हतियारले घाइते बनाएका थिए । अन्य छिमेकीहरू घटनास्थलमा पुगेपछि अभियुक्तले आफ्नै घरमा थुनेका थिए । आरोपित सेठीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसपछि अभियुक्तलाई भञ्जननगर अस्पतालमा भर्ना गरिएको थियो ।
यहाँ विद्युत विभागका मिटर रिडर आरोपितको गाउँ पुगेर मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेका छन् । मृतक आफ्नो परिवारको एकमात्र कमाउने सदस्य भएको उनीहरुको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);