इलाममा एक पुरुषले गरे श्रीमतीको हत्या पछि आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

इलाममा एक पुरुषले गरे श्रीमतीको हत्या पछि आत्महत्या

काठमाडौं, २२ असार । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । जिल्लाको माइजोगमाई–२ टारसिंहका पिताम्बर खतिवडाले श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पिताम्बरको राधिका पहिलो श्रीमती भएको बुझिएको छ ।

गएराति १० बजेतीर चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घटना भएको घरमा पुुगेका थिए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

राधिकाको गालामा गहिरो चोट लागेको अवस्थामा थिइन् । पिताम्बर भने घरदेखि १ सय मिटर टाढा निबारोको रुखमा अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);