आज काठमाडौंसहित यी स्थानमा भारी वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आज काठमाडौंसहित यी स्थानमा भारी वर्षा

काठमाडौं, २२ असार । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र वागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, वागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);