श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या

sucide

कैलाली, ६ माघ । कैलालीको जानकी गाउँपालिका, गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आफैले आत्महत्या गरेका छन् । आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफैले आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चौधरीले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेका थिए । त्यसलगत्तै घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

डोरीमा छट्पटाई रहेका उनलाई उद्धार गरी अस्पताल पु¥याएपनि चिकित्सकले मृत्यु घोषणा गरेको टिकापुरका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए । मृतक दम्पत्तीका दुई छोरा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);