मच्छिन्द्रले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मच्छिन्द्रले भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरण छनोटको तयारी राम्रो भएकाले नतिजा सकारात्मक आउने विश्वास गरेको छ ।

नेपालको शीर्ष डिभिजन क्लब मच्छिन्द्रले मंगलबार घरेलु मैदानमा भुटानको शीर्ष डिभिजन क्लब पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । दोस्रो पटक एएफसी कपको प्रारम्भिक छनोट खेल्न लागेको मच्छिन्द्रले भुटान पनि बलियो टोली रहेकाले उनीहरूको खेल हेरेर रणनीति बनाउने बताएको छ । सोमबार रंगशालामा आयोजित प्रिम्याच कन्फेरेन्समा मच्छिन्द्रले तयारी राम्रो भएकाले पहिलो चरण पार गर्ने लक्ष्य लिएको छ । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले खेलको तयारी पनि पूरा भएको बताए । तयारीका लागि पर्याप्त समय भएकाले पारो राम्रो टोली भए पनि सुखद नतिजा ल्याउने विशालको भनाई छ ।

उनले रहेका खेलाडीहरुले राम्रो खेल खेल्ने र सोचेजस्तो नजिता निस्कने धारणा राखे । नेपालको लिग च्याम्पियन चर्च ब्वाइजको एएफसी क्लब लाइसेन्स नभएकाले दोस्रो स्थानमा रहेको मच्छिन्द्रले एएफसी कपको प्रारम्भिक छनोट खेल्न लागेको हो । मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले यो खेलका लागि केही खेलाडी थप गरिए पनि आवश्यकताअनुसार मैदानमा उतार्ने बताए । ती खेलाडीमध्ये मेसुके ओलामोउको कागजी प्रक्रिया नमिले पनि अन्तिम समयसम्म उनलाई टोलीमा समावेश गराउने प्रयास भइरहेको प्रशिक्षक केसीको भनाइ छ । बाइट..मच्छिन्द्रका प्रशिक्षक किशोर केसीे

मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले पारो राम्रो टिम रहेकाले उनीहरूको प्रदर्शन हेरेर रणनीति बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन् । यता, पारोका कप्तान किन्ले वाङचुक र प्रशिक्षक पुष्पलाल शर्माले मच्छिन्द्र राम्रो टिम भए पनि आफूहरुको पनि तयारी राम्रो भएको बताएका छन् । पारो एफसीका प्रशिक्षक शर्माले राम्रो तयारीका साथ आएकाले उत्कृष्ट चुनौती प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

मच्छिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक छनोट खेल खेलेको थियो । घरेलु मैदानमा भएको उक्त खेलमा मच्छिन्द्र श्रीलंकाको क्लब ब्लु स्टारसँग २–१ ले स्तब्ध हुँदा पहिलो चरण पार गर्न सकेन । यता, पारो एफसीले पनि गत सिजन पहिलो चरण पार गर्न सकेको थिएन । पारोले पनि माल्दिभ्सको भ्यालेन्सियासँग २–१ ले नै हार सामना गर्नु परेको थियो । यस पटक पनि दोस्रो चरणमा पुग्ने भुटानको लिग च्याम्पियन पारोको लक्ष्य छ ।

पारो एफसीका कप्तान किन्ले वाङ्चुकले पनि तयारी राम्रो भएकाले सुखद नतिजाका साथ घर फर्किने आशा रहेको बताएका छन् ।

मच्छिन्द्रले यस पटक पहिलो चरण पार गर्ने उद्देश्यअनुरुप राष्ट्रिय टोलीका सदस्य र लिगका चर्चित खेलाडीलाई अनुबन्धित गरेको छ । मच्छिन्द्रले मंगलबार सफलता पाएमा आगामी अगस्ट १६ मा दोस्रो चरणमा मोहन बगान सुपर जायन्टविरुद्ध खेल्नेछ । उक्त खेल पनि जित्दा भने अगस्टमा २२ मा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);