एएफसी कपमा यी क्लब हुन सक्छन् मछिन्द्रका प्रतिद्वन्द्वी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एएफसी कपमा यी क्लब हुन सक्छन् मछिन्द्रका प्रतिद्वन्द्वी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणमा शीर्षस्थानमा रहँदै मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधि गर्दै एएफसी कप-०२२ छनोटमा स्थान बनायो । अर्काे नजिकको प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई एक अंकले पछाडि पार्दै मछिन्द्रले पहिलोपटक एएफसी कपको टिकट काटेको हो ।

यसपटक शीर्ष डिभिजन लिगमा १४ क्लब सहभागी रहँदा चार क्लबले मात्रै एएफसी क्लब लाइसेन्स पाए । मछिन्द्र र मनाङसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबलाई एएफसी कप खेल्न ढोका खुल्ला थियो । 

अघिल्ला वर्षमा नेपालको लिग च्याम्पियनको हैसियतमा क्लबहरूले एएफसी कपमा सहभागीता जनाउँदै आएका थिए । गत सिजन (२०७६) सालमा मछिन्द्र च्याम्पियन भए पनि लाईसेन्स नहुँदा लाईसेन्स प्राप्त आर्मीले यस प्रतियोगितामा सहभागीता जनाएको थियो । 

दशरथ र‌गशालामा श्रीलंका पुलिसविरुद्ध सहज जितसँगै दोस्रो चरणको छनोटमा स्थान बनाएको आर्मी भारतीय आइएसएल च्याम्पियन बैगरुलु एफसीसँग पराजित हुँदै समूह चरणमा स्थान बनाउन असफल भयो ।  

यस पटकसमेत मछिन्द्रले दुई चरणको प्रारम्भिक छनोट पार गरेर दक्षिण एसियाली शीर्ष वरियताको टोलीबीच समूहमा रहेर खेल्न पाउनेछ । मछिन्द्रले प्रारम्भिक राउन्ड-१ मा प्रतिस्पर्धापछि प्रारम्भिक राउन्ड-२ मा जितेर मात्रै फाइनल प्रतिस्पर्धा पाउनेछ । 

यसपटक मछिन्द्रले माल्दिभ्सको क्लब भ्यालेन्सिया, श्रीलंकाको ब्लु स्टार एससी र भुटानको पारो एफसी मध्ये एकसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । तीनै क्लब सम्बन्धित राष्ट्रका लिग र सुपर लिग च्याम्पियन क्लब हुन् । 

यस चरणको ‘ड्र’ सार्वजनिक १७ जनवरीमा हुनेछ । त्यसपछि मात्रै मछिन्द्रले आफ्नो प्रतिस्पर्धी, खेल्ने मिति र स्थान पाउनेछ । यदि राउण्ड–१ मा जित निकाले मछिन्द्रले राउण्ड-२ मा भारतको मोहन बंगान र बंगलादेशको ढाका अबहानीबीचको एकसँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघि २०७५ को बिना रेलिगेशनको लिग च्याम्पियन मनाङले भने सिँधै समूह चरणमा प्रतिस्पर्धा गर्न अवसर पाएको थियो । पछिल्लो समय एएफसीले एएफसी लाइसेन्ससँगै वरीयतालाई आधार मानेपछि नेपाली क्लबले प्रारम्भिक छनोट खेलेर मात्रै समूह चरणको मौका पाउनेछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);