विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

विद्युत प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी (सूचनासहित)

Nepal Electricity Authority

काठमाडौं, २४ कात्तिक । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना जारी गरेर खुला प्रतियोगितात्मक लिखित परीक्षाद्धारा दसौं तहदेखि तेस्रो तहसम्मको प्रसाशन र प्राविधितर्फ स्थायी पदपुर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक,३ जना उपप्रवन्धक, सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत विभिन्न पदहरूमा दरखास्त माग गरेको छ ।

त्यसैगरी, विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर,लेखापाल,सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

Leave a Reply