राष्ट्रिय अनुसन्धान विभागले माग्यो सयभन्दा बढी कर्मचारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राष्ट्रिय अनुसन्धान विभागले माग्यो सयभन्दा बढी कर्मचारी

काठमाडौं, १३ चैत । राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ ।

अनुसन्धान विभागले शुक्रबार सूचना निकालेर अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा एक सय जनाभन्दा बढी कर्मचारी मागको आव्हान गरेको हो ।

विभागले अनुसन्धान अधिकृतमा २१ जना, अनुसन्धान सहायकमा ३२ जना र सहायक सूचकमा ५१ जना माग गरेको छ ।

सूचना अनुसार अनुसन्धान अधिकृत हुन कम्तीमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ ।

साथै अनुसन्धान सहायक हुन कम्तीमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ । त्यसैगरी सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्।

विभागको वेवसाइटमार्फत अनलाइन फर्म पनि भर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);