वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।  वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो  संख्यामा कर्मचारी मागेको हो ।  ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);