कैलालीमा ८५ करोडभन्दा बढी बजेट फ्रिज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कैलालीमा ८५ करोडभन्दा बढी बजेट फ्रिज

budget kailali

कैलाली, ५ साउन । कैलाली जिल्लाको चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न विकास आयोजनाको करिब ८५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । कैलाली जिल्लामा चालु आर्थिक वर्षको सबैभन्दा बढी बजेट मोहना अत्तरिया ६ लेन सडक आयोजनाको रकम फ्रिज भएको हो  ।

आयोजनाको करिब २२ करोड बजेट फ्रिज हुन गएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आयोजनाको चालु आर्थिक वर्षको कुल पुंजिगत बजेट ५ अर्ब ८५ करोड ७६ लाख १५ हजार मध्ये ५ अर्ब ४८ लाख ७३ हजार मात्रै खर्च भएको छ । जम्मा पुंजिगत बजेटको १५ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कैलालीका बिकासे कार्यालयहरुले असारमा मात्रै १ अर्व ७० करोड पुंजिगत बजेट खर्च गरेका छन् । यो कुल बजेटकको ३७ प्रतिशत मात्र हुन आउँछ । यसरी जम्मा बजेटको ३७ प्रतिशत मात्रै बजेट खर्च आर्थिक बर्षको अन्त्यमा हुँदा निर्माण कार्यहरु गुणस्तरहिन हुने र यसरी गरेको नक्कली निर्माणकार्य दिगो नहुने हुँदा यसमा सरकारको ध्यान जानु गरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);