कञ्चनपुरमा १ अर्ब भन्दा बढी बजेट खर्च हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कञ्चनपुरमा १ अर्ब भन्दा बढी बजेट खर्च हुन सकेन

money

कञ्चनपुर, ५ साउन । कञ्चनपुरमा गत आर्थिक बर्षका लागि छुट्याइएको १ अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ ।विभिन्न विकासे योजनाका लागि छुट्याइएको बजेट मध्ये एक अर्ब, २५ करोड, ४३ लाख, ६० हजार, ५ सय ३३ रुपैयाँ फिर्ता भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरको अनुसार जिल्लाबाट बजेट फ्रिज हुने दर बढ्दै गएको छ ।

गत आर्थिक बर्षमा कुल १२ अर्ब, ५३ करोड, ५९ लाख, ४६ हजार, कुल बजेट मध्ये ११ अर्ब, २ करोड, १५ लाख, ६ हजार, २० रुपैया मात्रै खर्च भएको छ । कञ्चनपुरमा रहेका ८७ सरकारी कार्यालयहरु मध्ये १५ वटा कार्यालयले कम बजेट खर्च गरेका छन् ।

सबैभन्दा कम पशु क्वारेन्टाईन र जिल्ला कृषि विकास कार्यालयले खर्च गरेको छ । कञ्चनपुरका ८७ सरकारी कार्यालयले गत आर्थिक बर्ष २०७४/०७५ को असारमा मात्र अढाई अर्ब खर्च गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);