कैलालीमा रहेका तीन वटा पेट्रोल पम्पमा सिलबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कैलालीमा रहेका तीन वटा पेट्रोल पम्पमा सिलबन्दी

कैलाली, २८ साउन । अनुगमनका क्रममा कम परिणाममा पेट्रालियम पदार्थ विक्रिवितरण गरेको पाइएपछि कैलालीमा रहेका तीन वटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय कैलाली, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालय र पेट्रोल डिलर एशोसिएनका प्रतिनिधिले अनुगमन गर्दा कैफियत देखिए पछि तीन वटा पेट्रोल पम्पमा शिलबन्दी गरिएको हो ।

हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोरमा सिलबन्दी गरिएको अधिकारीहरुले जनाएका छन् । ती आयल स्टोरका सञ्चालकमाथी प्रचलित कानून बमोजिम कार्बाही प्रक्रिया अघि बढाइएको अधिकारीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);