खुटिया नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

खुटिया नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता

duber bepatta

धनगढी । कैलालीको खुटिया नदीमा ढुंगा संकलन गर्न गएका ट्रयाक्टर चालक बगेर बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–८ का ३० बर्षीय गणेश आउजी नदीमा बेपत्ता भएका हुन् ।उनलाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय खुटिया नदीमा खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ढुंगा संकलन गर्दै गर्दा एक्कासी नदीमा पानीको बहाव बढेका कारण ट्रयाक्टर चालक आउजी बगेको हुनसक्ने अनुमान छ । आइतबार रातीदेखि कैलालीमा भइरहेको अविरल बर्षाका कारण खोलानालामा पानीको बहाव बढेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);