पिकनिक खाएर फर्कंदै गरेको जिप दुर्घटना, दुईजनाको मृत्यु, १७ घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

सुर्खेत, १६ कार्तिक । पिकनिक खाएर फर्कंदै गरेको जिप सल्यानको बनगाड-कुपिन्डे नगरपालिका-८ को थाग्लीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। बुधबार बिहान सुर्खेतबाट कुपिन्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जिप फर्कनेक्रममा दिउँसो ४ बजेतिर दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यकाअनुसार चालक भेरीगंगा-८ का देवराज कामी र वीरेन्द्रनगर-८ की ३५ वर्षीया धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ। जिपमा सवारमध्ये १७ जना घाइते छन्।

उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब १२० मिटर तल खसेको प्रहरीको भनाइ छ।