स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु

accident

पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो । जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेकाे थियाे ।

जीपमा ११ जना सवार थिए । तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । मृतकको पहिचान अझै खुलेको छैन । प्रत्यक्षदर्शीसमेत काेही नभएकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);