गुल्मीको रिडी रुद्रवेणी सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गुल्मीको रिडी रुद्रवेणी सडकखण्ड अवरुद्ध

सुमन महतारा,
गुल्मी । बिहीबार रातिदेखिकाे मनसुनी वर्षाका कारण पहिराे झर्दा गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड अवरुद्ध भएको छ ।

सडक खण्डको रुरु गाउँपालिका-२ काे साँघुरेमा माथिबाट ढुङ्गा र माटो झरिरहेकाे कारण सडक अवरुद्ध बनेको अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडीका प्रहरी सहायक निरीक्षक नम बहादुर थापाले जानकारी दिए ।

भिषण रुपमा परिरहेको वर्षा र पहिराे झर्ने क्रम नराेकिएकाले पैदल यात्रिलाई जाेखिम उठाएर यात्रा नगर्न प्रहरीले आग्रह गरेकाे छ । यसै बीच प्रहरीले पैदल यात्रु तथा यातायातका साधनहरुलाई बैकल्पिक सडको प्रयोग गर्न समेत आग्रह गरेको छ ।

यसैबिच बुटवल देखि रुद्रवेणीतर्फ गैइरहेको ध १ च १४६ नम्बरको डबल क्याप बोलेरो जीप पहिराेमा परेपनि मानविय क्षति भने भएकाे छैन ।
पहिराेमा परेकाे गाडिलाई निकाल्ने प्रयास भईरहेकाे प्रहरीकाे भनाई छ ।

रुरुक्षेत्रमा बिहीबारदेखि परेकाे अविरल वर्षा थामिएकाे छैन । यसक्षेत्रका खाेला खाेल्सा नदि नालाकाे जलस्तर बढेकाे छ ।
कालिगण्डकी रिडीखाेलाकाे जलस्तर पनि बढेकाे छ ।

अविरल वर्षाबाट हुन सक्ने सम्भावित घटनाबाट बच्न रुरुक्षेत्र गाउँपालिकाले सबै वडाहरुमा सतर्कता अपनाउन आह्वान गर्दै विपद व्यवस्थापनकाे टोलीलाई सतर्क अवस्थामा रहन आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);