निर्माणाधीन सिस्नेखोला सुरुङमार्गमा पहिराे खस्याे, सवारी आवागमन अवरूद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

निर्माणाधीन सिस्नेखोला सुरुङमार्गमा पहिराे खस्याे, सवारी आवागमन अवरूद्ध

काठमाडौं। धादिङको धुनिबेँशी नगरपालिका-९ सिस्नेखोला सुरुङमार्गकाे निमार्णाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण साेमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरीने सवारी साधनको आवागमन प्रभावित भएको छ।

सुरुङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायलघरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंङा चेकपोष्टसम्म रहेको छ ।पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । म्याग्दीको रुप्से, जलेश्वर र नौनीबगर लगायतका स्थानमा पनि पहिरो खसेको छ । जसका कारण बेनी–जोमसोम सडकखण्डमा सवारी आवागमन आंसिक रुपमा अवरुद्ध भएको छ ।अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ । अविरल बर्षाको कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङमा साेमबार बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भाँसिएको छ । सडक भाँसिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको छ।

सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्बराक गाउँपालिका- १ खहरेमा बिहान पहिरो खस्दा सवारी आवामगन अवरुद्ध भएको छ।मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेशी तुवाचुङडाँडामा पनि अविरल बर्षाको कारण बिहान पहिरो खसेर अन्दाजी १५ मिटर सडक अवरुद्ध भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);