पहिरोको कारण पोखरा-बाग्लुङ सडक खण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरोको कारण पोखरा-बाग्लुङ सडक खण्ड अवरुद्ध

पोखरा । पहिराेले पोखरा-बाग्लुङ सडक खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका चुवाभिरमा पहिरो गएपछि सडक अवरुद्ध भएकाे हो ।

सडकभन्दा करिब ५० मिटर माथिबाट ठूलो पहिरो आएर सडक पुरेपछि सडक अवरुद्ध भएकाे पर्वत प्रहरीले जनाएको छ ।

सडक खुलाउन प्रयास भईरहेकाे तर पहिराे झर्न नराेकिएकाेले समस्या भएकाे र साँझ सम्म खुल्न सक्ने पर्वतका प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारीले जानकारी दिए ।

पहिराे गएर सडक अवरुद्ध हुँदा मुस्ताङ ,बाग्लुङ ,म्याग्दि लगाएतका ठाउँबाट पाेखरा उपचारका लागि जाने र पाेखराबाट त्यस ठाउँमा आउने बिरामीहरु, यात्रुहरु र अत्यावश्यक काममा पाेखरा आउनेलाई समस्या भएकाे छ ।

पहिराेले बिजुलिकाे पाेलमा पनि क्षति पुर्याएकाे छ भने मानवीय क्षति नभएकाे पर्वत प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);