सिन्धुपाल्चोकका बाढी पीडितलाई २७५ थान प्रेसरकुकर सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिन्धुपाल्चोकका बाढी पीडितलाई २७५ थान प्रेसरकुकर सहयोग

काठमाडौं । ललितपुर जिल्लाका रोटरी क्लवहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितहरुको लागि २७५ थान प्रेसरकुकर सहयोग गरेको छ ।

ललितपुर जिल्लामा अवस्थित रहेको १७ वटा रोटरी क्लवहरुको सञ्जालले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् २७५ थान प्रेसरकुकर सहयोग गरेको हो ।

बाढी पीडितलाई प्रेसकुकरको आवश्यकता रहेको भन्ने सुचनाका आधारमा आफुहरुले प्रेसरकुकर सहयोग गरेको रोटरीक्लव सञ्जालका संयोजक सुरेश आचार्यले बताए । आफुहरुले राज्यको निकायलाई सहयोग हस्तान्तरण गरेर विपतीमा एकद्धार प्रणालीमार्फत् राहत तथा सहयोग वितरण गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको पनि उनले बताए ।

सहयोग बुझ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले राहत वितरणमा एकद्धार प्रणालीमा कसरी जान सकिन्छ भन्ने उदाहरण यो सञ्जाल बनेको बताए । उनले छिटोभन्दा छिटो बाढी पीडितका लागि आएको प्रेसरकुकर प्रभावितको हातमा पु¥याउने बताए ।

असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा निकै ठुलो धनजनको क्षति भएको थियो । बाढी प्रभावितहरुका लागि अझैपनि विभिन्न निकायहरु मार्फत् राहत वितरण भइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);