पाकिस्तानका बाढी पीडितलाई नेपाल सरकारले दुई करोड मूल्य बराबरको राहत सामग्री उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०७९, शुक्रबार

पाकिस्तानका बाढी पीडितलाई नेपाल सरकारले दुई करोड मूल्य बराबरको राहत सामग्री उपलब्ध गराउने

काठमाडौं । नेपालले पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए ।

यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

पाकिस्तानमा विपद्मा परी मृत्यु हुने प्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

 

Leave a Reply