बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न संसदमा माग | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०७९, शुक्रबार

बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न संसदमा माग

काठमाडौं ।

एमाले सांसद डा। सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन ९पिएनओ० लाई पनि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘पिपुल अफ नेप्लिज ओरिजन ९पिएनओ० का बारेमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दोस्रो विश्वयुद्धको सेरोफेरोमा गोरखा सैनिक, तिनका परिवार र आफन्तजहरू बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीमा गएको देखिन्छ । र, पुस्तौदेखि त्यहाँ बसोबास गरेको भेटिन्छ । जसलाई पिपुल अफ नेप्लिज ओरिजन भनिन्छ,’ सांसद पाठकले भने।

Leave a Reply