काठेखोलामा आएको बाढीले कालिगण्डकी करिडोरको पुल भत्कियो (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठेखोलामा आएको बाढीले कालिगण्डकी करिडोरको पुल भत्कियो (फोटोफिचर)

सुवास आचार्य,
बागलुङ । बाढीपहिरोले बागलुङको विभिन्न ठाउँमा क्षति पुर्याएको छ । ग्रामीण सडक, राजमार्ग रपक्कीपुलसमेत बगेपछि आउजाउ ठप्प भएको छ ।

कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका–१ को काठेखोलापुलको स्पर बगेपछि जैमिनिनगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवाक्षेत्र जाने सडकमा यातायात अवरुद्ध छ ।

काठेखोलाको बहाव बढेपछि पुलको एक तर्फको सडक बगाउँदा सडक अवरुद्ध भएको छ । जिल्लका अधिकांस सडक पहिरोले अवरुद्ध भएका छन् ।

बाढी र वर्षाले जिल्लाको बुर्तिवाङ बजार, बडीगाड गाउँपालिकाको भीमगिठे, ग्वालीचौर र खरवाङ बजार पनि जोखिममा परेका छन् । सोमबार रातिदेखि खसेको पहिरोले बागलुङ–पोखरा सडकखण्डको पर्वत सहस्रधारामा पहिरो जाँदा दर्जनौं सवारीसाधन अलपत्र परेका छन् ।

सहस्रधारामा पहिरो जाँदा बागलुङ पर्वतको उत्तरी क्षेत्र म्याग्दी र मुस्ताङको राष्ट्रिय सडक संचालनसंग विच्छेद भएको छ । पहिरो खुलाउदै एकतर्फी सडक सुचारु गर्ने गरिएको भएपनि वर्षा भैरहेकोले पहिरो जानेक्रम रोकिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);