वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरोध | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरोध

लालकुमार भट्टराई,
नवलपुर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरोध भएको छ ।

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाअन्तर्गत तीनठाउँमा रहेको राजमार्गमा डाईभर्सन बाढीले बगाएपछि राजमार्ग दुबैतर्फ बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै बिनई त्रिवेणी गाउँपालिका २ दाउन्ने पहाडमा माथिबाट आएको पहिरोले पूर्वपश्चिम राजमार्ग दुबै तर्फ बन्द भएको र खुलाउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);