लालकुमार भट्टराई,
नवलपुर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरोध भएको छ ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाअन्तर्गत तीनठाउँमा रहेको राजमार्गमा डाईभर्सन बाढीले बगाएपछि राजमार्ग दुबैतर्फ बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै बिनई त्रिवेणी गाउँपालिका २ दाउन्ने पहाडमा माथिबाट आएको पहिरोले पूर्वपश्चिम राजमार्ग दुबै तर्फ बन्द भएको र खुलाउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।




