बाढी प्रभाबित तराईमा सर्पको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बाढी प्रभाबित तराईमा सर्पको बिगबिगी

सप्तरी, ३० असार । बाढी प्रभावित क्षेत्रमा एकैदिनमा सर्पको डसाइले तीन जना घाइते भएपछि सप्तरीका बाढी पीडितहरु थप त्रसित भएका छन् । बाढीसँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ का ५० बर्षीय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षीय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षिय रामकुमार यादव घाईते भएका हुन् ।

बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पीडितका आफन्तले बताएका छन् । तिनै जनालाई अहिले उपचारका लागि सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।

लगातारको बर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर आउँदा सर्पदंसका घटना बढेको छ । अस्पतालको तथ्यांक अनुसार विगत पाँच दिन यता सर्पदंशका ४४ जना विरामी उपचारका लागि आएका छन भने दैनिक चार देखि सात जनासम्म सर्पदंशबाट घाईते भई उपचारका लागि आउने गरेका छन् ।

जसमध्ये अधिकांश जिल्लामा बाढीबाट सर्वाधिक प्रभावित तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाको ग्रामिण भेगका वडाका बासिन्दाहरु छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);