कुलेखानीको भरियो सरोवर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कुलेखानीको भरियो सरोवर

kulekhani

काठमाडौं, ३० असार । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ ।

कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भएकाले जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभएको छ । कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्छ । मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएर २५ दशमलव ४ र ३० मिटर पुगेको हुँदा बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);