सर्पको टोकाईबाट बीरगन्जमा दुई महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्पको टोकाईबाट बीरगन्जमा दुई महिलाको मृत्यु

sarpa

अनुप तिवारी
बीरगन्ज, ४ असार । विसालु सर्पको टोकाईले बीरगन्जमा दुई जनाको मृत्यु भएको छ । सर्पले टोकेपछि उपचारकालागि नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याईएका २ महिलाको ज्यान गएको हो ।

अस्पताल पुर्याउन ढिलाई भएको कारण उनीहरुको मृत्यु भएको चिकित्सकले बताएका छन् । वीरगज महानगरपालिका वडा नम्बर २९ वसडिल्वा वस्ने रामआशिष रामकी ३५ वर्षिया श्रीमति कुन्तिदेवी र महागढीमाई नगरपालिका १८ निवासी कृष्ण कुशवाहाकी २८ बर्षिया श्रीमति कान्ति देवीको उपचारमा ढिलाई हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेला मध्यरातमा कुन्तिदेवीलाई सर्पले टोकेकोमा आज विहान मात्रै उपचारका लागि वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको र कान्ति देवीलाई हिजो सांझ घास काट्न जाँदा सर्पले टोकेको र उपचारका लागि अस्पताल ल्याउदै गर्दा विच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विगत केहि समय यता मध्यतराईका जिल्लाहरुमा सर्पदंशका घटनाहरु बढदै गएको र हाल वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा दैनिक ६-७ जना सर्पदंशका घाइतेहरु उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट इमामुल हकले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);