तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी

काठमाडाैं, ८ असार । गर्मी बढेसंगै तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ । जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका विरामी पनि ह्वात्तै बढेका छन् ।

पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पले टोकेका विरामी उपचारका लागि पुग्ने गरेका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पर्सा, बारा, रौतहट लगायतका जिल्लाबाट उपचारका लागि विरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।

सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालका इमरजेन्सी इन्चार्ज डाक्टर सुनिल कुमार द्वीवेदीले बताउनुभयो । सर्पले टोकेलगत्तै अस्पताल पु-याएका केही बिरामी बाहेक अन्य उपचारपछि सकुशल घर फर्किने गरेका छन् । विषालु सर्पले टोकेकालाई भने लामो समय अस्पतालमा राख्ने गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);