'क्लिन फिड' सही नभएको भन्दै विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘क्लिन फिड’ सही नभएको भन्दै विरोध

clean-feed_

काठमाडौं, ८ असार । संसदमा दर्ता भएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नेपाली टेलिभिजनलाई प्रभाबित पार्ने भन्दै सरोकारवालाहरु बिरोधमा उत्रिएका छन् ।

बिधेयक मार्फत विदेशी च्यानलहरुमा ‘क्लिन फिड’ लागु गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका हुन् । आईतबार इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले पत्रकार सम्मेलन गरी क्लीन फिड कुनै पनि दृष्टिकोणबाट सही नभएको भन्दै त्यसको विरोध गरे ।

‘क्लिन फिड’ले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अबैध ढंगले भारतीय डिटिएचका सेट टप बक्सहरु भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ ।

यस्तो किसिमको व्यवस्थाले नेपाली टेलिभिजन व्यवसाय नै धरासायी हुने दाबी सरोकारवालाको छ । ‘क्लिन फिड’का कारण नेपाली जनताले चाहेका च्यानलहरु हेर्न नपाउने र खुल्ला सिमानाको फाईदा उठाउने चलखेल हुने उनीहरुको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);