विदेशी विज्ञापन प्रशारण हुने विदेशी च्यानल बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशी विज्ञापन प्रशारण हुने विदेशी च्यानल बन्द हुने

add_indian_channel

काठमाडौं, १० असार । विदेशी विज्ञापन प्रशारण हुँदै आएको विदेशी च्यानलहरू बन्द हुने भएको छ । सोमबार र मंगलबार विदेशी च्यानलहरु बन्द हुने भएको हो ।

पत्रकार सम्मेलन गरी इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबै जसो विदेशी च्यानलहरु बन्द गराएका हुन् । २४ घण्टाका लागि सबै च्यानलहरु बन्द रहने भएको हो ।

सरकारले विज्ञापन नियमन गर्ने विधेयकमा विदेशी टेलिभिजन च्यानल ‘क्लिन फिड’का रुपमा प्राप्त हुनुपर्ने र विज्ञापन बजाउन नपाइने प्रस्ताव गरेपछि व्यवसायीहरुले आन्दोलन गरी प्रशारण बन्द गर्नु परेको बताएका छन् । नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानल विदेशी छन् ।

इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ । प्रस्तावित विज्ञापन ऐन, २०७६ लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैयाँ डुब्ने व्यवसायीहरुले बताएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले संविधानअनुसार सूचना तथा मनोरञ्जनको हकबाट पनि नेपाली जनता वञ्चित हुने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे ।

नेपालमा संञ्चालित डिटिएच,आइपिटिभी र ओटिटी कम्पनीले नेपाली च्यानलहरु मात्रै देखाएर ग्राहकहरुसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा कम्पनी बन्द हुने र त्यसले अर्बौँ डुब्नुको साथै हजारौँको रोजगारी गुम्ने अवस्था श्रृजना हुने जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);