भूमिहिन मुसहर बस्ती विस्थापित हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

भूमिहिन मुसहर बस्ती विस्थापित हुने अवस्थामा

musahar basti

सौरभ यादव
सप्तरी, ९ असार । सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ४ वेल्ही चपेनामा वर्षौंदेखि बस्दै आएको दलित बस्ती यतिबेला उठीबास हुने अवस्थामा पुगेको छ । स्थानीय रामबहादुर मण्डलले आफ्नो निजी जग्गा रहेको भन्दै रिट हालेपछि भूमिहिन मुसहर बस्ती विस्थापित हुने अवस्थामा पुगेको हो ।

सप्तरीको राजगढ गाउँपालिका ४ को वेल्ही चपेनाको दलित बस्तीको रुपमा चिनिएको बस्ती हो । यहाँ भूमिहिन मुसहरहरु तीन पुस्तादेखि बस्दै आएका छन् । तर अहिले भने उनीहरु बस्ती छोडेर जान बाध्य हनुपर्ने अवस्था आएको छ । स्थानीय रामबहादुर मण्डलले आफ्नो निजी जग्गा रहेको भन्दै रिट हालेपछि उनीहरु बस्ती छोड्न बाध्य भएका हुन् ।

दलित बस्तीलाई हटाउन अदालतले नै आदेश जारी गरेपछि १६ मुसहर परिवार समुदाय विस्थापित हुन लागेका छन् । बस्तीका परिवारहरु आफ्नो कुनै जग्गा नभएको र बसिरहेको घर उजाडिएपछि विचल्लीमा परेका छन् ।

स्थानीय रामबहादुर मण्डलको रिटमा अदालतले जारी गरेको आदेशपछि बस्तीका भमीहिन मुसहर समुदायसंग विस्थापित हुनु बाहेक अरु विकल्प बाँकी रहेन । राजगढा गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले दलित बस्तीलाई पुर्नवासको व्यवस्था मिलाउन आफु प्रयासरत रहेका बताउनु भयो ।

अदालतले जारी गरेको आदेश अनुसार जग्गा धनी मण्डलको सो स्थानमा पाँच कठ्ठा साढे सात धुर रहेको छ । भूमिहिन मुसहर बस्ती अहिले बसोबासका लागि कसैले केही व्यवस्था मिलाइदेला कि भन्ने आशामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);