केवल सञ्चालकले सेवा बन्द गरेकोमा उपभोक्ता आक्रोसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

केवल सञ्चालकले सेवा बन्द गरेकोमा उपभोक्ता आक्रोसित

(क्लिन फिड)

प्रमिला भण्डारी

काठमाडौं, १० असार । विदेशी टेलिभिजन च्यानलबाट नेपालमा प्रशारण हुने विज्ञापनलाई रोक्ने व्यवस्था (क्लिन फिड) सरकारले लागू गर्न खोजेको छ । त्यसको लागि विज्ञापन सम्बन्धी विधेयक बनी संसदमा दर्ता पनि भएको छ । तर यसको विरोधमा केवल टेलिभिजन व्यवसायीहरु देखिएका छन् । केवल संचालकले शुल्क लिएर सेवा बन्द गरेकोमा उपभोक्ता आक्रोसित भएका छन् ।

विज्ञापनरहित टेलिभिजन प्रसारण गर्न सरकारले राष्ट्रिय सभामा विज्ञापन सम्बन्धी विधेयक दर्ता गरेको छ । सरकार कानून बनाएरै क्लिन फिड लागू गर्ने निर्णयमा पुगेपछि टेलिभिजन सेवाप्रदायक संस्थाहरुले सरकारको विरोधमा विदेशी टेलिभिजनको प्रशारण बन्द गरे ।

सोमबार ३ बजेदेखि विदेशी च्यानलको प्रसारण बन्द भएको हो । क्लिन फिड लागू भएमा नेपालमा प्रसारण हुने विदेशी च्यानल सञ्चालन गर्न नसकिने भन्दै आन्दोलन स्वरुप विदेशी च्यानल बन्द गरिएको हो ।

क्लिन फिड नीति लागू गर्नुपर्ने भए विदेशी च्यानल हेर्नलाई धेरै पैसा तिर्नुपर्ने र त्यो पैसा उपभोक्ताबाट असुल गर्नुपर्ने व्यवसायिको भनाई छ । संसदमा विचाराधीन विज्ञापन विधेयकको विरोध स्वरूप केबल टेलिभिजन व्यवसायीले २४ घण्टाका लागि विदेशी च्यानल प्रसारण रोकेका हुन् । व्यवसायीको यो व्यवहार गैरकानुनी तथा गैरव्यावसायिक भएको सरोकारवालाहरुको भनाई छ ।

सरकारले नेपाली विज्ञापनको बजारलाई व्यवस्थित गर्न र टेलिभिजनको नाममा हुने अर्बौं बराबरको राजश्व र कर छलीलाई नियन्त्रण गर्न क्लिनफिड लागू गर्न लागेको हो । व्यवसायीले यसको विरोध गरे पनि सर्वसाधारणले भने यसको स्वागत गर्दै समर्थन गरेका छन् ।

शुल्क लिएर च्यानल बन्द गराएकोमा उपभोक्ताहरु केवुल व्यवसायीप्रति आक्रोसित भएका छन् । सेवाको भुक्तानी गरिसकेकाले तिरिसकेको मूल्यको सेवा बन्द गर्नु उचित नहुने सेवाग्राहीको गुनासो छ ।

नेपालमा करिब डेढ सय जति विदेशी च्यानल प्रसारणमा रहेका छन् । जसमा विदेशी विज्ञापन बज्ने गरेका छन् । विज्ञापन प्रसारणवापत केवुल संचालकले सरकारलाई केही तिरेका छैनन् । नेपाली च्यानलले सरकारलाई कर तिर्ने तर विदेशी च्यानलले कर नतिरी निस्फ्रिकी विज्ञापन प्रसारण गर्दै आएकोमा सरकारले त्यसको अन्त्य गर्न खोजेको छ । यसबाट नेपाली विज्ञापनको बजार प्रबद्र्धन हुने विश्वास गरिएको छ । व्यवसायिले यसको विरोध गरे पनि आम जनता भने क्लिन फिडको पक्षमा देखिन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);