लुटपाटमा सक्रिय विप्लवका कार्यकर्ता भएको प्रहरीको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुटपाटमा सक्रिय विप्लवका कार्यकर्ता भएको प्रहरीको दावी

chori

काठमाडौं, १० असार । आइतबार हतियारसहित पक्राउ परेका तीन मध्ये दुई जना नेत्र विक्रम चन्द नेतृत्व ‘विप्लव’ समुहकोकार्यकर्ता रहेको मोरंग प्रहरीले दावी गरेको छ ।

पक्राउ परेकाहरुलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका  १२ का ४० वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका ६ बयरबन का ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल विप्लव समुहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने राई विप्लव समुहको मोरंग जनपरिषद संयोजक र धिमाल उनका सहयोगी कार्यकर्ता रहेको मोरंगका एसपी बिश्व अधिकारीले बताए ।

‘हातहतियार देखाई विभिन्न व्यक्ति र संघ संस्थाबाट चन्दा असुल्न खोजिरहेको भन्ने बिशेष सूचना पाएपछि उनीहरुलाई विषेश टोली परिचालन गरी पक्राउ गरेका हौं । एसपी अधिकारीले भने ।

प्रहरीको विषेश टोलीले बेलबारी नगरपालिका ३ स्थित स्कुल डाँडामा चेकजाँच गर्ने क्रममा को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार राई र धिमाललाई  ८ असारमा पक्राउ गरेको थियो ।

अनुसन्धान क्रममा कंश धिमालको घरमा  लुकाएर राखेको  अटोमेटिक पेस्तोल २ थान र त्यसमा प्रयोग हुने  १४ थान  गोली म्योगेजिनसहित बरामद गरेको मोरंग प्रहरीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);