Our Network

माघ ५ २०७८, बुधवार

काठमाण्डौँ, ६ मंसिर । निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं।–११ सोयाकका सञ्जिव फागो, वडा नं.–१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल पक्राउ रहेका छन् ।

एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।