भोट माग्ने उम्मेदवारसँग खानेपानी माग्न बाध्य बाजुराको दलित हलिया बस्ती | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०७९, बुधवार

मदन वि.क.
बाजुरा, ६ मंसिर । बाजुराको बडिमालिका नगरपालिका ९ उखाडिका दलित हलिया परिवारहरुले खानेपानी र अन्य विकाशको योजना दिने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने भएका छन् ।

यो वस्ती वर्षातको समयमा बाढी र पहिरोको उच्च जोखिममा रहँदै आएका छ । अहिले यस वस्तीमा खानेपानीको हाहाकार छ । सोही कारण जुन पार्टीको उम्मेदवारले खानेपानी र अन्य विकास गर्ने प्रतिबद्धता गर्छ त्यसलाई निर्वाचनमा भोट दिने निर्णय गरेको उनीहरुको भनाई छ । आफूहरुकै मतबाट विजयी भएका नेताहरुले समेत आफूहरुलाई फर्केर नहेरेको उनीहरुको गुनासो छ ।

बडिमालिका नगरपालिका वडा नं. ९ उखाडिमा रहेको हलियाको दलित बस्ती पुरै पिडामा छ । नत राज्यले नै ध्यान दिएको छ न त नेताले नै । उनीहरुसंग मात्र बस्ने घरबाहेक अन्य जमिन छैन । ९ परिवार रहेको यस दलित हलिया बस्तीमा ३० जना मतदाता रहेका छन् । उनीहरु वर्षातको समयमा राम्ररी घरभित्र बस्दैनन् । पानी पर्नासाथ रातभर जागराम बस्छन् । बस्ती माथिको जमिन पुरै भासिएको छ । वर्षातमा बस्ती तल बाहुली खोलाले कटान गर्ने गरेको छ ।

नौ वटै परिवार हलिया भएको पनि पुस्तौँ बितिसकेको छ तर पनि उनीहरु अहिले सम्म प्रमाणिकरणमा परेका छैनन् । पुस्तौँ पुस्तादेखि साहुको हलिया बस्दै आएका यस वस्तीका हलियाहरु अहिले खाना भन्दापनि बस्ने बासको व्यवस्था मिलाउन विभिन्न ठाउँ धाईरहेका छन् ।