गत वर्ष स्थगित गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गत वर्ष स्थगित गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने

काठमाडाैं, २२ चैत । कोरोना महामारीका कारण गत वर्ष स्थगित गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने भएको छ ।

सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको हो । नेपाल सरकारको तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गरिने भएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्ष सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित गरिएको थियो । यस वर्षको रथयात्रा वैशाख ७ गतेदेखि एक हप्तासम्म सञ्चालन गरिने बताइएको छ ।

गुठीका प्रतिनिधि, स्थानीय संघ–संस्था र सरोकारवालाहरुले जुनसुकै परिस्थितिमा पनि जात्रा निरन्तर हुनुपर्ने धारणा राखेपछि रथयात्रा गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);