रातो मच्छिन्द्रनाथको रथयात्रा गाबहाल पु-याइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रातो मच्छिन्द्रनाथको रथयात्रा गाबहाल पु-याइयो

rato machhindranath rathayatra

काठमाडौं, २६ बैशाख । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा बिहीबार ललितपुरको गाबहाल पु-याइएको छ ।

बुधबार पुल्चोकबाट सूरु गरिएको सो रथयात्रा गावहाल पु-याइएको हो । गाबहालमा अहिले रातो मच्छिन्द्रनाथको दर्शन गर्नेहरुको भीड लागेको छ । घरघरबाट आएका नेवारी समूदायले रातो मच्छिन्द्रनाथको रथमा पूजाआजा, भजन र्कीतन गरी आफ्ना चेलीबेटीहरुलाई सोही ठाउँमा दक्षिणा दिने गर्दछन् । रथयात्रा आजै मंगलबजार हुँदै सुन्धारा पु-याइनेछ । सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल लगिन्छ ।

लिच्छवीकालका राजा नरेन्द्रदेवको पालामा भारतको कामरुप कामाख्या अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ । रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको आठौं दिनसम्म घरघरबाट रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुँदै भोज भतेर गर्ने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);