चितुवाको आक्रमणमा परी एक किशोर घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चितुवाको आक्रमणमा परी एक किशोर घाईते

chituwa aakraman

दार्चुला, २६ बैशाख । दार्चुलाको महाकाली नगरपालिकामा बिहीबार बिहान चितुवाको आक्रमणमा परी एक किशोर घाईते भएका छन् ।

महाकाली नगरपालिका ८ रानीहार बस्ने १५ वर्षिय चन्द्र सिंह धामी बिहीबार विहान विद्यालय जांदै गर्दा चितुवाको आक्रमणमा परी घाईते भएका हुन् । चितुवाको आक्रमणमा परी घाइते किशोरको टाउको र पाखुरामा चोट लागेको छ । किशोरको जिल्ला अस्पताल दार्चुलामा उपचार भई रहेको छ । विद्यालय जाने क्रममा बाटोमै अचानक चितुवाले झम्टेपछि स्थानीय बटुवाहरुले हो हल्ला गर्दै धामीलाई चितुवाबाट उद्दार गरिएको थियो । तत्काल घाईतेलाई जिल्ला अस्पताल पु¥याई उपचार गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);