बाराका हुरी पिडीतको पिडा, 'तातो रापले पाल भित्र बस्न सक्दैनौ, पालको छहारीमा बस्छौ' | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाराका हुरी पिडीतको पिडा, ‘तातो रापले पाल भित्र बस्न सक्दैनौ, पालको छहारीमा बस्छौ’

bara huri pidit-pal ko chahari

बारा,  २६ बैशाख । पछिल्लो समय देशभरी बढेको तापक्रमले मानिसहरुको जनजीवनलाई निकै कठिन बनाएको छ । गत चैत १७ मा आएको आँधीले घरबार बिहिन भई पालमा बस्दै आएका बाराका पिडीतहरुका लागि त यो गर्मीले जनजीवन झन् कष्टकर नै बनाई दिएको छ ।

पछिल्लो समय तापक्रममा भएको बृद्धिले देशभरका मानिसहरुको जनजीवनलाई प्रभावित बनाएको छ । टन्टलापुर घामबाट बच्दै छहारी खोज्दै हिड्नु पर्ने अवस्था आएको छ । छहारी खोज्दै धरैजसौ मानिसहरु आफ्नो घर भित्रै बस्ने पनि गर्दछन् । तर, बाराको फेटा गाँउपालिका–१ को भरवलियाका बासिन्दाहरुको जनजीवन भने अझ कष्टकर बनेको छ ।

गत चैत १७ मा आएको चक्रवातले गर्दा घरबार बिहिन बनेका पिडीतहरुलाई प्रचण्ड गर्मीबाट बच्न न घरको शीतल छहारी छ न खाने पानीको राम्रो व्यवस्था । उनीहरु टन्टलापुर घामले पालमा आउने तातो रापले पाल भित्र त बस्न सक्दैनन् । त्यही पालको छहारीमा बस्न बाध्य छन् ।

भरवलियाका स्थानीयहरु बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्म पाल बाहिरै घाम छलेर बस्ने गरेका छन् । चर्को घामले गर्दा त्यहाँका बालबच्चाहरु बिरामी पर्न थालेका छन् । प्रचण्ड घामले बेहोस हुने लगायत विभिन्न स्वास्थ्य समस्याहरु देखिन थालेको छ । तर उपचारका लागि पैसा समेत नभएपछि बिरामी बालबच्चालाई त्यतिकै सुताइराख्नु पर्ने दयनीय अवस्था छ ।

घाम लाग्दा होस् या पानी पर्दा, पालमा बसी नसक्नु छ । झरी पर्दा पाल भित्र र पानी पस्दा उनीहरु छिमेकीहरुको घरमा आश्रय लिन पुग्छन् । त्यसमाथि खानेपानीको समस्या पनि भएपछि त त्यहाँका स्थानीयको दैनिकी एकदम कष्टकर भइरहेको छ ।

बढ्दै गरेको गर्मीसंगै दुषित पानीबाट लाग्ने रोग र बाहिर सुत्नाले लामखुट्टेको टोकाईले लाग्ने रोगहरुको खतरा बढी हुने चिकित्सकको भनाई छ ।

२८ जनाको ज्यान जाने गरी गत चैत १७ गते आएको विनाशकारी हावाहुरीले बारा पर्सामा सयौं घाइते भए । सयौंको घर भत्कियो । त्यो दिनलाई सम्झिएर आत्तिएका स्थानीहरु भत्किएका घरको छिटो पुननिर्माण होस भन्ने चाहन्छन ।

गाँस र बासको अभाव र दिनदिनै बढ्दो चर्काे घामले स्थानीय आत्तिएका छन् । प्रभावितको घर निर्माणको लागि सरकारले ८५ करोड रुपैयाँ विनियोजन गरेको छ भने निर्माण कार्य साउन महिना भित्रै सक्ने योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);