सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

jeep accident

काठमाडौं, २९ असार । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ स्थित सल्लेडाँडामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

गएराति लु १ ख ९९९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल लाने क्रममा बीच बाटोमा मृत्यु भएको हो ।

तिपेनीबाट मानेखर्कतर्फ जाँदै गरेको जीप सडकबाट चार सय मिटर तल खस्दा सात जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);