दोलखाको लादुकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

दोलखाको लादुकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

accident

दोलखा, २८ जेठ । दोलखाको लादुकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

बा १४ च १६८१ नम्बरको बोलेरो जीप सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा दुर्घटना हुँदा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र ५० वर्षीय टीकाबहादुर कार्कीको मृत्यु भएको हो । आइतबार साँझ भएको दुर्घटनामा परी चालकसहित आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको सङटीस्थित अस्पतालमा उपचार भइरहेको छ भने तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);