बनेपाको पुल बजार डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बनेपाको पुल बजार डुबानमा

बनेपा । अबिरल वर्षाका कारण बनेपाको पुल बजार डुबानमा परेको छ।

गए रातिदेखिको अबिरल वर्षाका कारण बनेपा लगाएत काभ्रेका खोला ताल नदीहरुमा पानीको बहाब बढेको छ।

हरेक वर्ष याममा डुब्ने पुलबजार क्षेत्रमा नगरपालिकाले समस्या समाधानका लागि ठोस कदम चल्न सकेको छैन। पुलबजार क्षेत्र डुबानमा परेपछि सवारीसाधन आवागमनमा समस्या भएको छ भने स्थानीय तथा पसल व्यवसायीहरु मर्कामा परेका छन्।

वर्षेनी यस क्षेत्रमा डुबानले सताइरहदा पनि स्थानीय सरकारले यसको न्युनिकरण तथा राेकथामकाे लागि कुनै कार्य नै नगरेको स्थानीयहरुकाे गुनासाे रहेकाे छ । यसपालीकाे अविरल वर्षाका कारण पुण्यवति खाेलाले श्रीखण्डपुर क्षेत्रमा पनि डुवानमा परेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);