काठमाडौं, २९ असार । ब्लुबुक (सवारी धनीपत्र) बनाउनका लागि सिफारिसपत्र लिन ट्राफिक प्रहरी कार्यालय पुगेका एक पूर्वराजदूत आफ्ना निजी चालक खम्बिरमान थापाको कर्तुत थाहा पाएर आश्चर्यमा परे ।
चालक थापाले हराएको भन्दै आएको ब्लुबुक मापसे कारबाहीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थाहा पाएपछि उनी आश्चर्यमा परेका हुन् । पटकपटक मापसे कारबाहीमा परेका चालक थापाले आफ्नो चालक अनुमतिपत्रमा थप ‘प्वाल’ पर्नबाट जोगाउन ब्लुबुक बुझाएका थिए तर थापाले ब्लुबुक हराएको भन्दै नयाँ बनाउन पूर्वराजदूतलाई सुझाव दिएका थिए ।




