ट्राफिक प्रहरीको दसैं-तिहार विशेष सुरक्षा योजना लागू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्राफिक प्रहरीको दसैं-तिहार विशेष सुरक्षा योजना लागू

काठमाडौं, १२ असोज । चाडपर्वको बेला हुने सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले सबै सवारी साधनहरुमा कडा चेकजाँच गर्ने भएको छ । उपत्यकाबाट बाहिरीने र भित्रिने सबै नाका तथा अन्य ठाउँमा समेत मापसे सहितको विशेष चेकजाँच गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

२५ लाख यात्रु राजधानी बाहिरीने अनुमान
हरेक बर्ष चाडपर्व सुरु भएसँगै उपत्यकाबाट बाहिरीने यात्रुको समेत चाँप बढ्ने गर्दछ चाँप बढेसंँगै सवारी दुर्घटना पनि त्यत्ति नै बढ्ने गर्छन् । यस वर्षको दशंै तिहार छठ पर्वमा गरी २५ लाख यात्रु राजधानी बाहिरीने अनुमान गरिएको छ ।

गत बर्ष पनि यहि संख्याको हाराहारीमा यात्रुहरु बाहिरिएका थिए । यात्रुको चाँप र सवारी साधनलाई मध्यनजर गर्दै संभावित दुर्घटनालाई न्यूनिकरण गर्न ट्राफिक प्रहरीले बिशेष चेकजाँच गर्ने भएको हो ।

गतवर्ष दशैंको अवधिमा घटस्थापनादेखि पुर्णिमासम्म उपत्यकामा मात्र १ सय ७७ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको ट्राफिकको तथ्याङ्कमा छ ।

हरेक दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने, तिब्र गतिमा चलाउने, साइड लाइट नवाल्ने, ओभरटेक तथा ओभरलोड मुख्य कारण देखिन्छ । दुर्घटना कम गर्न यो बर्ष लामो दुरीको सवारी साधनमा अनिवार्य २ चालक रहने व्यवस्था मिलाइएको छ ।

हेल्मेट प्रयोग नगर्ने र तिब्र गतीमा सवारी चलाउने माथि कडा कार्वाही गर्ने, छतमा यात्रु राख्न नदिने, तथा टिकट काउन्टरमा सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी समेत गरिनेछ ।

दशैंमा घर फर्कनेहरुले टिकट नपाएको र टिकट पाए पनि सिट नपाउने गरेको गुनासो सुनिदै आएको प्रहरीले जनाएको छ । यदि एक सिट दुइ ब्यक्तिको नाममा तथा फर्जि टिकट दिइएको पाइएमा त्यस्ता व्यक्ति र व्यवसायीलाई ठगिको मुद्दा चलाइने महानगरीय ट्राफिक महाशाखाका प्रमुख बसन्त पन्तले बताए ।

चाडवाडको बेला यात्रु नठगिउन भनेर अहिले यात्रु सहायता कक्षको पनि व्यवस्था गरिएको छ । स्यम्भु, कलंकी, नागढुङ्गा, सातदोबाटो लगाएतका १३ स्थानमा नागरीक सहायता कक्षा राखिएको छ ।

उक्त कक्षबाट यात्रुलाई सु सूचित गरि यात्रुलाई परेको समस्या समाधानमा प्रहरीले सहयोग गर्नेछ । चाडवाडको बेला यात्रु सुरक्षाको लागि भनि झण्डै १ हजार ५सय टा«फिक प्रहरी र आवश्यक्ता अनुसार सादा पोशाकमा प्रहरी समेत परिचालन गरिएको पन्तले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);