नाका नागढुंगामा सवारी चाप बढी हुँदा यात्रु संगै सवारी चालक र ट्राफिकलाई ठुलो समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नाका नागढुंगामा सवारी चाप बढी हुँदा यात्रु संगै सवारी चालक र ट्राफिकलाई ठुलो समस्या

mountain

काठमाडौं, ११ असोज ।  राजधानी बाहिरीने मुख्य नाका नागढुंगाबाट दशैका लागि मात्रै ८ लाख बढी सर्वसाधरण उपत्यका बाहिर गएका छन् ।

घटस्थापना यता सो नाका हुदँै बाहिर जानेको संख्या ८ लाख बढी रहेको ट्राफिक प्रहरी प्रभाग नागढुंगाले जनाएको छ । अध्ययन तथा विभिन्न पेशा व्यवसायका लागि राजधानी बस्दै आएकाहरु दशै मान्न जिल्ला जानेक्रम बढे संगै सो नाकामा सवारी चाप पनि बढेको छ । सांगा भञ्याङ हुदै विपि राजमार्गबाट पुर्व, दक्षिणकालि हुदै दक्षिण भेग, बालाजु बाईपास हुदै नुवाकोट, धादिङ, रसुवा जानेको पनि भीड देखिन्छ ।

नागढुंगा नाका सबै भन्दा बढी यात्रु तथा मालबाहक सवारी साधनको नाका हो । सवारी चाप बढी भएको सो नाका सम्मको सडकको दुराअवस्थाका कारण यात्रु संगै सवारी चालक र ट्राफिकले ठुलो समस्या भोग्दै आएका छन् । सडक विग्रेका कारण कलंकीबाट नागढुंगा सम्म पुग्नकै लागि धेरै समय लाग्ने तथा ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको ट्राफिक प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।

नागढुंगा नाका हुदै सामान्य अवस्थामा दैनिक ३०÷३५ हजारको हाराहारीमा राजधानी बाहिर र भित्र आउने गरेको भएपनि अहिले ६० देखि ६५ हजार यात्रुहरु दैनिक बाहिरीई रहेका छन् । हिन्दु धर्माबलम्बिहरुको महान र ठुलो चाडको रुपमा रहेको दशै मनाउन हरेक बर्ष जिल्ला जानेक्रममा अत्यन्तै कष्ठकर यात्रा गर्दै आएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);