पूर्व–पश्चिम वैकल्पिक लोकमार्ग निर्माणमा ठेकदारको चरम लापरवाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गोपाल पोखरेल, उदयपुर, ११ असोज । पूर्व–पश्चिम वैकल्पिक लोकमार्ग अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्म जोड्ने एक सय ३५ किलोमिटर सडकखण्ड निर्माण कार्य गुणस्तरहीन भएको पाइएको छ । सडक निर्माणको जिम्मा लिने ठेकेदार कम्पनी जेड आई ई सी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले डेढ दर्जनभन्दा बढी साना निर्माण कम्पनी र व्यक्तिलाई पूर्वाधार निर्माणको जिम्मा दिएपछि गुणस्तरीय काम हुन नसकेको हो ।

लोकमार्ग निर्माणको पहिलो चरणका पुलपुलेसा, कल्भर्ट र अन्य संरचना निर्माणमै गुणस्तहीन ढुंगा, गिट्टी, बालुवा र सिमेन्टको प्रयोग गरेर अनियमिता गरिएको हो । डेढ दर्जनभन्दा बढी साना निर्माण कम्पनी र व्यक्तिले आफू खुसी काम गर्ने र प्राविधिकले राम्रो रेखदेख नगर्ने गरेकाले सडक गुणस्तरीय बन्न नसकेको हो ।

चौदण्डीगढी नगरपालिकाको विरेन्द्र चोकदेखि बेल्टार, बेल्टार– गाईघाट, गाईघाट– मुकुर्ची– नेपालटार– कटारी खण्डमा भइरहेको काममा प्रयोग भएको सामग्री गुणस्तहीन भएको स्थानीयले बताएका छन् । निर्माण कम्पनीकै प्राविधिक पनि विगतका गुणस्तरीय काम नभएको स्वीकार गर्दै अब भने गुणस्तरीय काम सुरु गरिएको बताउँछन् ।

हाल निर्माण भइरहेको सडकको अवस्था र सामग्रीको प्रयोग गराइ हेर्दा गुणस्तरीय सडक बन्नेमा विश्वास गर्न नसकिने स्थानीयबासी बताउँछन् । विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्ब रुपैयाँको लागतमा तीन वर्षभित्र सडक सम्पन्न गर्ने गरी ठेक्का लिएर निर्माण सुरु गरिएको आठ महिना बितिसकेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);